मधेशटप डेस्क, चैत ८ गते।

जनकपुरधाम। धनुषामा सशस्त्र प्रहरी बलले दुई सय २३ कार्टुन मदिरा बरामद गरेको छ । मदिरा निकासी गर्न प्रयोग भएका छ वटा मोटरसाइकल पनि बरामद भएको छ ।

भारततर्फ निकासी गर्न लागिएको ६ ओटा मोटरसाइकल तथा सोफि मदिरा २०७ का कार्टून, भारजीन मदिरा ७ कार्टून, ब्लाक ओके मदिरा ९ कार्टून रहेको छ । बरामदमा मोटरसाइकलको मुल्य ५ लाख पचास हजार र मदिराको ३ लाख १० हजार गरि बरामद सामग्रीको मुल्य आठ लाख साठी हजार रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

धनुषाको जनकनंदनी गाउँपालिका इनर्वा स्थित बोर्डर इलाका नेपाल  बाट भारत तर्फ लैजादै गरेको एल ३ सी. पी. ५९३० नम्बरको भारतीय नम्बरको गाडीबाट मदिरा बरामद गरेको डी सशस्त्र प्रहरी बल छिन्नमस्त बाहिनीको बाहिनीपति डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।

बिषेष सूचनाको आधारमा स्क्वाड अप्रेसन संचालन गरी बि ओ पि इनर्वाको थप सहयोग सहित १५ जनाको टोलिले  ६ ओटा गाडी २०७ कार्टून बोतल सोफी रक्सी बरामद भएको डीआइजी  मगरले बताए ।

गाडी र रक्सी सशस्त्र प्रहरी बलले बरामद गरी आवश्यक कारवाहीको लागी राजश्व कार्यालय जनकपुर पठाएको छ ।
धनुषाको  बिभिन्न नाका हुँदै भारततर्फ अबैध मदिरा जाने गरेको छ ।