जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयिजित एक कार्यक्रम विच मधेश प्रदेशका  सामाजिक विकास मन्त्री नवल किशोर साहले शिक्षाको अभावमा मधेशका पिछडिएका समुदायका चेलीबेटीहरु विभिन्न प्रकारको हिंसाको शिकार हुने गरेको बताएका छन् । मार्जिनलाइज्ड नो मोर गल्र्स एजुकेशन प्रोजेक्टको जनकपुरधाममा मंगलबार आयोजित गोष्ठीमा  बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।

साझेदार संस्थाहरु सहित स्ट्रिट चाइल्डले गल्र्स एजुकेशन च्यालेन्ज मार्फत मधेशको विभिन्न जिल्लाका मुसहर लगायतका समुदायमा गएर किशोरीहरुको लागि गर्दै आएको कार्यक्रम सराहनीय रहेको बताउंदै मन्त्री साहले भने,‘मधेशमा अझै पनि लैंगिक विभेद,मानसिक तथा शारीरिक हिंसा लगायतसंग जुद्धै आएको किशोरीहरुमा जनचेतना ,शैक्षिक योगदान तथा किशोरीहरुको लागि आर्थिक क्षमता विकासको लागि जुन काम गरिएको हो त्यो एकदमै सराहनीय छ।’

‘सशक्त किशोरी सशक्त भविष्य ’भन्ने नाराका साथ स्ट्रीट चाइल्डले आयोजना गरेको सो गोष्ठीमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले किशोरीहरुलाई शिक्षित नबनाए सम्म महिला सशक्तीकरण हुन नसक्ने भएकोले किशोरीहरुको शिक्षा दिक्षामा जोड दिनु पर्ने बताइन् । कार्यक्रमले एकदमै पछाडि परेका मुसहर समुदायका लागि गरिएको काम सुनेर अत्यन्त हर्षित भएको बताउंदै राजदूत पोलिटले हिंसाबाट संरक्षण सशक्तीकरण र जीविकोपार्जनको सीपलाई बलियो आधारभूत शिक्षासंग समायोजन गर्नु पर्ने आवश्यकता उनले औंल्याएकी थिइन् ।

कार्यक्रमले १० देखि १९ वर्ष समूहका ७ हजार ८ सय ५६ मुसहर किशोरीहरुलाई आधारभूत साक्षरता र संख्यात्मक सिकाइ प्राप्त गर्ने उद्देश्यले संचालन गरिएको कार्यक्रम मधेश प्रदेशको महोत्तरी,धनुषा,सिराहा र सप्तरी तथा प्रदेश १ को सुनसरी जिल्लामा संचालनमा गरिएको छ ।

युके एडको सहयोगमा २०१९ देखि सुरु भइ मंगलबार कार्यक्रम सम्पन्न भएको जानकारी गराइएको छ । यस कार्यक्रको लागि आसमान नेपाल,जानकी महिला जागरण समाजले स्ट्रीट चाइल्डको सहयोग संस्थाको रुपमा रहेको थियो ।