जनकपुरधाम ।  तत्कालीन राजपा बाट निर्वाचित  एवं महोत्तरी जिल्लाको एकडरा गाउँपालिकाकी उपाध्यक्ष  महजवी खातुन शुक्रबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् ।

खातुनलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।

उनीसँगै लोसपाका  नेता तथा कार्यकर्ताहरू  पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश तथा भेटघाट  कार्यक्रममा केन्द्रिय सदस्य हरिनरायन यादव, कृष्ण शंकर साह, पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा  रहेको जसपा नेपालका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहलगायतको उपस्थिति थियो ।