जनकपुरधाम । क्लवको भवन बनाउने बिषयमा झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ ।

शनिवार इश्वरपुर नगरपालिका-६, बयलवास बजारमा क्लवको भवन निर्माण गर्न दिने र नदिने समुहबीच विवाद हुँदा झडप भएको हो ।

झडपको क्रममा दुईपक्षका स्थानियबीच ढुंगा हानाहान भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर-१, का संघीय सांसद साह घाइते भएका हुन् ।

घाइते सांसद साहको वयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।