जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्य समिति गठन गरिएको छ । सो नगर कार्य समितिको अध्यक्षमा पुनः विसुन्देव साह र  उपाध्यक्षमा मो.वसिम अक्रमलाई सर्वसम्मतबाट चयन गरिएको हो ।

एकसय २५ सदस्यीय नगर कार्य समिति बनाइएको छ । सो नगर कार्य समितिमा राजेन्द्र प्रसाद यादव, मो. वसिम अकरम, मनोज साह, सन्तोष कुमार झा, जगदिश यादव, भोला साह, मो( जिलानी, मो( धाशु राइन, मो( हुसैदुर रेहमान, रुद्रनारायण राय, उमेश यादव, जनाउदिन खान, खुर्शिद खान, दीपक शर्मा, फारुख नदाफ बच्चा राइन,राम हृदय यादव लगायतको सहितका रहेका छन् ।

जसपा धनुषा अध्यक्ष पशुपति यादवले नव कार्य समितिलाई सपथ ग्रहण समेत गराएका छन् ।