मधेशटप।

जनकपुरधाम।  महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरमा संचालन भएको तिन दिने प्रदुषणबाट उत्पत्न स्वास्थ्य समस्या न्युनिकरण (नस्य कर्म) कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई अमुल्य निर्देशन दिदै उद्‍घाटन गर्नु भएको थियोे ।

 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुर र ट्राफिक प्रहरी महाशाखाको संयुक्त आयोजनामा महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुर सातदोबाटोको सभाकक्षमा “ट्राफिक प्रहरीका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म)” ३ दिने प्रशिक्षण कार्यक्रम ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीको प्रमुख आतिथ्यतामा सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिति सहित एक समारोहका विच उद्घाटन गरिएको छ ।

उक्त कार्यक्रममा प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरण (नस्य कर्म) कार्यक्रममा महानगरीय ट्राफिक परिसर कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीले उपस्थित अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका आयुर्वेद चिकित्सक डाक्टर श्रीष्‍टी श्रेष्‍ठले कार्यक्रमका बारेमा थप स्पष्‍ट पार्नुभएको थियो ।

कार्यक्रममा महानगरीय प्रहरी बृत सातदोबाटो ललितपुरका प्रमुख प्रहरी नायब उपरिक्षक मदन केसी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका प्रतिनिधिहरु, सञ्चारकर्मी र अन्य अतिथिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा यस परिसर मातहत रहेका ५० जना ट्राफिक प्रहरी कर्मचारीको सहभागिता रहेका थिए ।