मधेशटप, चैत १५ गते ।

जनकपुरधाम :  धनुषा जिल्लाको मुखियापट्टी  मुसरनिया गापाको अध्यक्षमा उम्मेदवारी दिने तयारीमा प्रमोद कुमार यादवले घोसणा गरेका छन।

प्रमोद यादवले आउँदो स्थानीय तहको निर्वाचनमा मुमु गापाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यादवले फेसबुक र पत्रकारसङ कुरा गरेर यस्तो जानकारी दिएका हुन् । यादव अहिले नेपाली काँग्रेस धनुषा जिल्ला कार्य समितिको निर्वाचित सदस्य हुन।साथै, यादव विगत डेढ दशक देखि राजनीतिक पार्टीमा आबद्ध भइ समाजिक सेवा क्षेत्रमा समय दिदै आएको हो।
उनको गाउँपालिकामा धेरै नै भ्रष्टाचार बढेको र शुसासन एकदमै कमजोर भएको हुँदा उनले अब गाउ पालिकालाई भ्रष्टाचारबाट मुक्त गराउन र शुसासन कायम गर्नको लागि गापा अध्यक्षको पदमा आफ्नो उम्मेदवारी दिने तयारी समेत थालेको बताएको छ।

पार्टी बाट टिकट लिनको लागि उनले पार्टीको शिर्ष नेताहरु समक्ष आफ्नो लविङ जोडदार रुपले गरिरहेका छन् ।