मधेशटप, चैत १५ गते ।

जनकपुरधाम : डेढ महिना  देखि डेमो सेट(ड्राई रन) गरिरहेको नेपाल रेल्वे अब यात्रु सहित नियमित सञ्चालन हुने भएको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार उद्घाटन गर्ने भएका छन् ।

भारतको भ्रमणमा शुक्रबार गइरहेका प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणकै कार्यक्रममा रेल उद्घाटन रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

दुबै देशका प्रधानमन्त्रीले नेपाल रेलको भर्चुअल्ली उद्घाटन गर्ने मन्त्रालयले  जनाएको छ ।

नेपाल सरकारले खरिद गरेको दुई सेट रेल  डेढ वर्षपछि फागुन १ गते देखि यात्रु बिनाको सञ्चालन गरेको हो ।

शनिवार  उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको  दूरीमा यात्रु बोकेर चल्ने छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।