जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुरधाममा धमाधम वडा इकाई समिति गठन गरिरहेको छ ।

त्यसै क्रममा वडा नम्बर ९  को इकाई समिति समेत गठन गरेको छ । जनकपुरधाममा वडा नम्बर ९  स्तरीय कार्यकर्ता भेलाले सतेन्द्र साह साहको नेतृत्वमा २१ सदस्यीय वडा नम्बर ९ को इकाई समिति चयन गरेको हो ।

प्रदेश सांसद् परमेश्वर साह, जनकपुरधामकी उपमेयर रिताकुमारी मिश्र, नेता मनोज चौधरी र लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झा लगायत सहभागी भेलाले चयन भएका छन् ।