मधेशटप, चैत १५ गते ।

जनकपुरधाम । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा न. ७  हरिनमरीमा ब्रह्मस्थान  सौन्दर्यकरणको पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले   शिलान्यास गरेका छन ।

पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहा र वडा न. ७ का निर्वाचित वडा अध्यक्ष शम्भु कुमार साहले  संयुक्त रुपमा   सौन्दर्यकरणको शिलान्यास गरेका छन।

सो कार्यक्रममा जनता समाजवादी पार्टी  नेपालको संघीय परिषद सदस्य दिपक झा (गुडू) जसपा नेपालको  रामगोपालपुर नगरपालिका नगर इन्चार्ज  सुरेश यादव,समाजसेवी सन्तोष मण्डल  लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको।