जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ ।

पालिकाको वडा-६ लक्ष्मीपुर बगेवा टोलमा निर्माण गरिएको स्वास्थ्य केन्द्र बुधबार उद्घाटन गरिएको हो । लक्ष्मीनियाँ गाउँपालिकाद्वारा आयोजना गरिएको कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरे ।

मानव जीवनका लागी स्वास्थ्य अपरिहार्य भएकाले यस सेवा केन्द्रले स्थानीयहरुमा थप सुविधा प्रदान गर्ने बताए ।

त्यस्तै, मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले स्वास्थ्य सेवा केन्द्र स्थापनाले यहाँका जनता उत्साहित भएको बताए ।

जनता समाजवादी पार्टी जनताको हितमा काम गर्ने लक्ष्य लिएको बताउँदै आउने दिनमा पनि साथ र सहयोगको अपेक्षा गरे ।

गाउँपालिका अध्यक्ष विन्देश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद चमेली देवी दास, गाउँपालिकाका उपाध्यक्ष, केन्द्रीय सदस्य राम स्वार्थ राय र महाजन यादव, मधुमाया यादव, वडा नं. ६ का वडाध्यक्ष उमेश यादव, जिल्ला नेता शत्रुघन यादव, सुजिता यादव, ललित मंडल लगायतका उपस्थित थिए ।

गाउँपालिका र वडाको संयुक्त लगानीमा  सेवा केन्द्र निर्माण गरिएको बताइएको छ ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो ।