जनकपुरधाम, चैत्र १७ । मुख्यमन्त्री लालबाबु राउतले आधुनिक शहर निर्माणका लागी एकीकृत शहरी विकास योजना निर्माण हुनु पर्नेमा जोड दिएका छन।

संघीय शहरी विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरामा जोड दिएको हो ।

जथाभावि भौतिक संरचना निर्माणले शहरहरु कुरुप बन्दै गएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले व्यवस्थित शहरी विकासका लागी संघ सरकारलाई प्रत्येक प्रदेशमा एकीकृत विकास प्राधिकरण गर्न आग्रह समेत गर्नु भयो । स–साना योजनाहरुले विकास भन्दा पनि शहरहरुलाई कुरुप र अव्यवस्थित बनाउदै गएको हुँदा त्यस्ता योजनाहरुलाई तत्काल रोक्नु पर्ने उनको भनाइ थियो।

नयाँ राष्ट्रिय शहरी नीतिमा आवास विहीनहरुको लागी एकीकृत वस्ती विकासको योजना समेत समेटन आग्रहह गर्दै मुख्यमन्त्री राउतले घर विहिनहरुको व्यवस्थापन विना सुन्दर सहरको परिकल्पना समेत गर्न नसिकने बताएका छन।

फरक प्रसंगमा मुख्यमन्त्री राउतले जनता आवास कार्यक्रम अन्तर्गत एक जनाको आवास निर्माणको लागी हाल उपलब्ध गराइदै आएको साढे तीन लाख रुपैया अति न्युन रहेको हुँदा कम्तीमा सो रकम ६ लाख पु¥याउन आग्रह समेत गर्नु भयो । उहाँले छाप्रो विस्थापन योजनाको रकम बढाउन समेत शहरी विकास मन्त्रालयलाई आग्रह गरे ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश स्थित विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरुले निर्माधिन नयाँ नीतिमा आ–आफनो सुझाव राखेको थियो ।