मधेशटप, चैत १८ गते,

जनकपुरधाम :  जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी समिति सदस्य एवम् नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री  रेणुकुमारी यादवले धनुषा जिल्लाको विभिन्न ठाउँमा भएको पुलहरुको एक कार्यक्रम बीच समुदघाटन गरेका छन् ।

धनुषा मुखियापट्टी मुसरनिया गाउँपालिकाको कुकुरधारी नदीको पुल तथा मिथिला बिहारी नगरपालिकाको अमारी नदीको पुलको त्यस्तै महोत्तरी जिल्लाको रातु नदीको पुलहरुको समुदघाटन गरेको छ ।

मन्त्री यादवले भने, बिगतका सरकारले मधेसी जनता माग सम्बोधन नगरेको र कुनै कामपनि नगरेको निति रहेकोे थिए । आजसम्म मधेस पछाडी परेका कारण चाहिँ मधेसीबाट भोट लिने तर बिकास र उन्नति गर्न दिन चाहदैनन्, उहाँले बताएका छन् ।

सो उदघाटनमा जसपा नेपालका केन्द्रिय  सदस्य मधु माया यादव, सुरेन्द्र कुमार मण्डल, अमरेश नारायण झा, मधेस प्रदेश सांसद कौशल यादव, जिल्ला अध्यक्ष पशुपति यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघ केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, मुखियापट्टी मुसरनिया गाउँपालिकाका नगर अध्यक्ष अशोक यादव, मिथिला बिहारी नगरपालिकाका नगर अध्यक्ष सीता यादव समाजवादी युवा संघ धनुषा अध्यक्ष दिपेन्द्र कापरी, युवानेता शशिकुमार यादव, समाजवादी विद्यार्थी युनियनका धनुषा उपाध्यक्ष सरोज यादव, सचिव बलिराम कापरी र रामभगत यादव तथा मु.मु. गाउँपालिका अध्यक्षको उम्मेदवार जयकुमार यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा समुदघाटन सम्पन्न गरेका छन् ।