जनकपुरधाम : भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुँदैछ।

 

 

उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट आज दिउँसो १२ः१५ रेल सेवाको उद्घाटन गर्नेछन्।

हैदराबादमा दुवै देशका प्रधानमन्त्रीले नेपाली र भारतीय झण्डा हल्लाएर रेलको उद्घाटन गर्नुहुनेछ। उद्घाटनका लागि जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको छ। दुवै रेल्वे स्टेशनमा प्रोजेक्टरसहितको कार्यक्रम गरिनेछ।

उद्घाटनका बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिने छन्। दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुड्ने छ। रेल प्रत्येक स्टेशनमा रोकिने छ।

 

जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ र स्टेसनहरूलाई चिटिक्क पारिएको छ भने जयनगरबाट जनकपुरतर्फ आउने रेललाई दुहली झै सिङ्गारिएको छ।

फोटो फिचर ।