जनकपुरधाम :  मधेश प्रदेश सरकारका नमूना विद्यालय योजना अन्तर्गत जनकपुरधामको संकट मोचन स्कूलमा बन्ने भवनको शिलान्यास भएको छ ।

आइतबार सामाजिक विकासमन्त्री नवलकिशोर साहले भवनको शिलान्यास गर्नुभएको हो ।

प्रदेश सरकारले आठवटै जिल्लाका कम्तीमा एउटा विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्य लिएर यो योजना ल्याएको हो । धनुषाको संकट मोचन स्कूललाई पनि भवन निर्माणका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्री साहले जानकारी दिनुभयो ।

मधेश सरकारले नमूना विद्यालयका लागि छनौट भएका विद्यालयहरूलाई तीन–तीन करोड उपलब्ध गराउने जनाएको छ ।

सो शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलिराम साहलगायत सहभागी रहेको थियो ।