मधेशटप,चैत्र २२ गते।
जनकपुरधाम। मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले भारतद्वारा जलप्रहरी सम्मानले सम्मानित कमला बचाउ अभियानका संयोजक विक्रम यादवलाई बधाई दिएको छ ।
विगत ४ वर्ष देखी कमलानदी सफाई लगायतको कार्यमा सक्रिय यादवले जल प्रहरी सम्मान प्राप्त गरेपछि मुख्यमन्त्री राउतले आफनै निवासमा गम्छा ओढाई बधाई दिएको हो।
मधेश सरकारको स्वच्छता अभियानलाई सहयोग पुग्ने गरि कार्य गर्दै आएका यादव जलप्रहरी सम्मानबाट सम्मानित हुने मुलुककै पहिलो व्यक्ति हुनु हुन्छ ।
मधेश र देशकै नाम उच्च गरेकामा थप सफलताको कामना गर्दै कमला बचाउ अभियानमा मधेश सरकारको पनि सहयोग रहने प्रतिबद्धता समेत उनले जनाएका छन ।
Discussion about this post