मधेशटप, चैत २० गते ।

जनकपुरधाम : नेकपा एमालेको साइवर सर्कलले करिब ४ लाख रुपैयाँ राशीको राष्ट्रिय टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । आगामी स्थानीय निकायको चुनावलाई लक्षित गर्दै सोमबा एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले टिकटक प्रतियोगीताको घोषणा गरेका हुन् ।

स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साईवर सर्कल विभागले टिकटक प्रतियोगीताको आयोजना गर्न लागेको हो ।एमालेको विचार तथा सिद्धान्त झल्किने किसिमका आकर्षक टिकटक भिडियो बनाउँदा नगद पुस्कार

जित्न सकिने साइवर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिए ।प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि मस्ट पपुलर र क्रियटिभ गरी २ विधामा ३÷३ जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले १ लाख, द्धितीयले ५० पचास हजार र

तृतीयले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।चैत्र २१ गतेबाट सुरु भएको प्रतियोगीता वैशाख ३० गतेसम्म चल्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते प्रकाशित हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नेछन् ।

टिकटक भिडियो एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्याक्तिगत रचनात्कम हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सिपिएन यूएम एल, साइवर सर्कल नेपाल, आइएम विथ केपी ओली लगाएतका ह्यासट्याग प्रयोग गर्नुपर्ने छ ।