जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत्त एक स्टाफ नर्सको ज्यान गएको छ ।

प्रादेशिक अस्पतालको डायलसिस वार्डमा कार्यरत्त अन्दाजी २५ वर्षीय दीपा कामैतको मृत्यु भएको हो ।

गत चैत २२ गते नै उनको निधन भएको प्रादेशिक अस्पतालले बुधबार एक शोक विज्ञप्ती जारी गर्दै जनाएको हो ।

 

प्रादेशिक अस्पतालका अधिकृत रामटहल यादवले जारी गरेको शोक विज्ञप्तीमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति संवेदान व्यक्त गरिएको छ ।

दीपा जनकपुर नर्सिंग कलेजबाट स्टाफ नर्स अध्ययन गरेकी थिइन् ।