काठमाडौँ : विश्वका धेरै देशमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। विशेष गरी चीन र युरोपका धेरै भागमा दैनिक संक्रमण दर उच्च देखिएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार यी देशमा धेरैजसो संक्रमण ओमिक्रोनको सब-भेरिएन्ट द्यब्। BA.2 (स्टेल्थ ओमिक्रोन) का कारण हुने गरेका छन्, जुन ओमिक्रोनको मूल भेरिएन्ट भन्दा बढी संक्रामक मानिन्छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वैज्ञानिकहरूले आफ्नो हालैको रिपोर्टमा कोरोनाको नयाँ उदीयमान खतरा EX भेरिएन्टबारे मानिसहरूलाई सचेत गराएको छ।

प्रारम्भिक अध्ययनमा यो अहिलेसम्मकै सबैभन्दा संक्रामक भेरिएन्ट ठानिएको छ।

डब्ल्यूएचओले आफ्नो रिपोर्टमा यो अत्यधिक संक्रामक बेलायतका धेरै स्थानमा देखिएको जनाएको छ।

प्रारम्भिक संकेतले यो स्टिल्थ ओमिक्रोन भन्दा १० गुणा बढी संक्रामक हुन सक्ने देखाएको छ। कोरोनाबारे सबै देशले विशेष सावधानी अपनाउन आवश्यक छ, किनभने यसको फैलावट तीव्र रूपमा देखिएको छ, यो चिन्ताजनक छ।

​दुइटा ओमिक्रोन स्ट्रेनको संयोजन
नयाँ EX भेरिएन्टलाई ध्ज्इ को रिपोर्टमा हाइब्रिड भेरिएन्ट भनिएको छ। यो BA.1 र द्यब्।द्द संयोजनबाट बनेको भेरिएन्ट हो। यो रिकोम्बिनेन्ट भेरिएन्टलाई ठूलो चुनौतीका रूपमा हेरिएको छ।

डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको डेल्टाक्रोन पनि अध्ययनमा बढी संक्रामक र घातक भएको पाइएको छ।

दुई भेरिएन्टको संयोजन कति खतरनाक ?
प्रारम्भिक अनुसन्धानले EX भेरिएन्ट बढी संक्रामक भएको देखाएको छ। तर वैज्ञानिकहरू दुई भेरिएन्टको संयोजन चिन्ताको विषय नभएको ठान्छन्।

युके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख चिकित्सा सल्लाहकार डाक्टर सुसान हप्किन्स भन्छिन्– कोरोना भाइरसको कुनै पनि भेरिएन्ट अन्य भेरिएन्टसँग संयोजक हुनु ठूलो चिन्ताको विषय होइन। तर यसलाई हल्का रूपमा पनि लिन हुँदैन।