मधेशटप डेस्क,

जनकपुरधाम। महोेत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशंकर मिश्रले आफुले प्रयोग गर्दे आएको सरकारी गाडी आउँदो बैशाख १ गतेबाट न चढ्ने बताएका छन ।

नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दे मेयर मिश्रले जनताको कामका लागि सरकारले उपल्बध गराएको सरकारी गाडी बैशाख १ गतेबाट गाडीको सांचो प्रमुख प्रशासकिय अधिकृतलाई बुमmाउँने नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचन २०७४ मा राष्ट्रिय जनता पार्टी नेपाल बाट मेयर मिश्र निर्वाचित भएका थिए ।

स्थानीय निर्वाचन २०७८ को आचार संहिता लागुहुन लाग्दा जनप्रतिनिधिहरुले लिने सेवासुविधामा रोक लाग्ने भएकाले महोत्तरी जिल्लामै जलेश्वर नगरपालिकाका मेयर मिश्र पहिलो स्थानीय तहका जनप्रतिनिधि ले गाडी फिर्ता गर्ने घोषणा गरेका छन ।

यता मेयर मिश्रले आफुले गरेको कामको अधारमा फेरी एकपटक मेयरको उम्मेदवारी दिने र आफुले गरेको विकासे कामको मुल्याँकन गरेर नगरका जनताले आफनो पक्षमा मतदान गर्ने बताएका छन ।