काठमाडौँ : काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट महानगरीय अपराध महाशाखाले सातवटा बुलेट मोटरसाइकल बरामद गरेको छ।

महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानहरुबाट २१ लाख मूल्यबराबरका रोयल इन्फिल्ड कम्पनीका बुलेट मोटरसाइकलहरु बरामद गरेको हो।

ती मोटरसाइकललाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ।

ती मोटरसाइकल भारतबाट भन्सार छली ल्याइएको हुनसक्ने प्रहरीको भनाइ छ।