मधेशटप, चैत २६ गते।

जनकपुरधाम । स्थानीय तहको आसन्न निर्वाचनमा धनुषाको लक्ष्मीनिया गाउँपालिकामा अध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।

हुनतः २०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा विन्देश्वर यादव विजयी भएका हुन र यहि बैशाख ३० गते हुने निर्वाचनमा पनि जसपाका उम्मेदवार नै अध्यक्ष पदमा विजयी हुने स्थानीयको दावी छ ।

२०६३ सालको मधेश जनआन्दोलनबाट आफ्नो राजनीति जीवनको शुरुवात गरेका शत्रुधन यादव लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष पदका दावेदान हुन् ।

मास्टर डिग्री गरी राजनीति जीवनको शुरुवात गरेका गाउँपालिका अध्यक्ष पदका दावेदार यादव भन्छन् ‘मलाई पूर्ण विश्वास छ, पार्टी मलाई नै टिकट दिइने छ । यो भन्दा अघि पनि यस पालिकामा जसपाकै अध्यक्ष बनेका छन् र यस पटक पनि जसले नै विजयी हुनेछ ।

विगतको निर्वाचनमा यस क्षेत्रबाट गाउँपालिकामा जसपाका अध्यक्ष, प्रदेश साँसदमा ज्ञानेन्द्र कुमार यादव विजयी भएका छन् । उम्मेदवारलाई विजयी बनाउन अहम् भूमिका आफूले नै खेलेको छु । २०७४ सालको तीन तहकै निर्वाचनमा आफू क्षेत्रीय प्रचारप्रसार समितिका संयोजक समेत रहि सकेकोले प्रदेश र स्थानीयतहको निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन सफल पनि भएका छौं ।

आफ्नो पहलमा यस पालिकामा कृषि, शिक्षा, स्वास्थ्य र दलित तथा पिछडिएका समुदायहरुलाई उल्लेखनीय कार्य गराएका छौं । यहाँका जनताको भावनालाई आत्मसाथ गर्दै अगामी योजनाहरु पनि तयार गरेका छौं । त्यसैले पार्टीले मलाई नै मूल्यांकन गरी टिक दिइने छ आफू विश्वास्त रहेको छु् ।’

उनले भने, ‘ २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका दावेदार म नै थिए, तर विन्देश्वर यादव ज्यूले आफू बुढो भएकोले यस पटक मलाई सहयोग गर्नुस, अर्को पटक तपाईलाई सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूले उहाँलाई अध्यक्ष पदमा विजयी बनाए । यस पटक उहाँले पनि मलाई सहयोग गर्नेछ ।’

मधेश जनआन्दोलन मधेशी जनताको संवैधानिक अधिकारको लागि मात्र भएको होइन, स्थानीय जनताले स्थानीयसतरमा सहज रुपमा पाउनु पर्ने अधिकारको लागि पनि भएको हो । कर्मचारीतन्त्रको अन्त्य, काँग्रेस, एमाले लगायतको तानाशाहको विरुद्ध पनि भएको छ ।

दलित, जनजाति, अल्पसंख्या तथा पिछडिएका समुदायमाथि भई रहेको ज्यादति विरुद्ध आफ्रू सधैं लड्दै आएका छौ । आफू जनप्रतिनिधि नभएपनि आफ्नो पहलमा विद्यालयको पठनपाठनमा सुधार, किसानहरुका लागि कृषियन्त्र, नरहको व्यवस्थापन तथा सामाजिक न्यायका क्षेत्रमा कार्य गर्दै आएका उनले भने ‘पार्टीको संगठन विस्तारमा हाम्रो महत्वपूर्ण भूमिका छ ।

पार्टीको जिल्ला अध्यक्षमा एक मतले मात्र विजयी हुन सकेन । स्थानीय तहमा आफू विजयी भएमा प्रदेश र संघको निर्वाचनमा उल्लेखनीय परिणाम आउने आफू विश्वस्त छु ।’

लक्ष्मीनिया गाउँपालिकामा ७ वटा वडा रहेको छ भने गाउँपालिकको जनसंख्या १९ हजार ६ सय रहेको जनाइएको छ ।

ती मध्ये पहिलो जनघनत्व यादव समुदायको रहेको छ भने दोस्रोमा मुश्लि र तेसोमा दलित समुदाय नै रहेको छ ।

जनता समाजवादी पार्टीले तीन दिनभित्रमा स्थानीयत प्रतिनिधिहरुको नामावली पठाउन पत्राचार समेत गरिसकेका छन् ।