मधेशटप,चैत २६ गते।

जनकपुरधाम। रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोले जनकपुरधामको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

जनकपुरधाम उप- महानगरपालिका वडा न. १४ स्थित रमण टावरमा  शनिबार बिहान पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् ।

३० वर्ष निर्माण व्यवसायीको रुपमा काम गरेका महतोले पेशाबाट सन्यास लिँदै जनकपुरधामको विकासका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

आफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।