जनकपुरधाम  । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नभई बिखधर (जहरीला) साँप पार्टी रहेको आरोप लगाउँनु भएको छ ।

जनमत माटो यात्रालाई वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा समापन गर्दै अध्यक्ष राउतले जसपा पार्टी मधेसी हितको पार्टी नरहेको आरोप लगाए ।

जसपाले काँग्रेस, कम्युनिष्ट संग मिलेर मधेसीलाई धोका दिएको छ, उनले भने, ‘मधेसको किसानको लागि आन्दोलन गर्दा जसपाले नै आन्दोलन तुहाउँने षडयन्त्र गरी किसानमाथि गोली चलाउँने काम गरेको हो ।’

अध्यक्ष राउतले जसपाले मधेसी हितको पार्टी नै होईन त्यो जहरीला साँप पार्टी रहेको बताए ।

हामी किसानको हितमा आन्दोलन गरेका थियो, किसानलाई समयमै मल, जल पाउँनुपर्ने हाम्रो माग थियो । किसानको वालीको बिमा, किसान कार्ड हुनुपर्ने माँग थियो । यो माँग पुरा भएको भए जसपाको मुद्दा नै समाप्त हुन्थयो त्यही भएर जसपाका अध्यक्ष उपेन्द्र यादवले हाम्रो आन्दोलन विथोल्ने प्रयास गर्दै आएको उहाँले बताए ।

अध्यक्ष राउतले तेल तस्कर, व्यापारीलाई नेता बनायो भने मधेसमा शिक्षा, स्वास्थ्य र रोजगार पाउँदैन, पर्सा जिल्लामा जनता राज्य ल्याउँनु छ भने, जनमत पार्टीलाई बहुमतका साथ विजय मनाउँन अपिल समेत गर्नुभयो । मधेसवादी पार्टीहरुले अहिले पनि मधेसी शहिद र मधेस आन्दोलनको नाममा राजनितिक मात्र गरीरहेको आरोप समेत लगाए ।

उनले भने, ‘मधेसी आन्दोलनको नाममा भोट बटुलेर जित्छन, त्यसपछि काँग्रेस, कम्युनिष्ट संग मिलेर सत्ता हतियाउँछन तर मधेसको मुद्दा सम्बोधन गराउँदैनन् ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष बसन्त कुशवाहाले जनमत माटो यात्राको क्रममा २९६ स्थानिय तहबाट संकलन गरिएको माटोलाई मधेसकै भु भागमा स्थापित गरी मधेस एकता पार्क निर्माण गर्ने बताउँनु भयो ।

निर्माण गरिने मधेस एकता पार्कमा हरेक स्थानिय तहको ऐतिहासिक कुराहरु उल्लेख गरिएको हुन्छ, अवलोकन गर्न आउँनेले त्यो स्थानिय तहको बारेमा विस्तृत जानकारी पाउँन सक्ने उनले बताए ।

अर्को प्रसंगमा उपाध्यक्ष कुशवाहाले राजनितिक रुपमा जनता राज स्थापना, भ्रष्ट्रचार उन्मुलन, हरेक घर एक रोजगारको व्यवस्थाप र सामुदायिक समाजवाद स्थापनाको प्रमुख एजेन्डा रहेकोले आउँने चुनावमा जनमत पार्टीलाई भारी बहुमतले विजय गराउँन जनता संग आग्रह समेत गर्‍यो  ।

पार्टीका जिल्ला श्याम शंकर चौरसियाका अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष सुनिता रौतियार, पार्टीका महिला नेतृत्व नजमा खातुन लगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि  रहेको थियो ।