मधेशटप, चैत २६ गते ।

जनकपुरधाम : मधेश प्रदेश महोत्तरी जिल्लाको रामगोपालपुर् नगरपालिका वडा नम्बर ३ दोलाठी टुनामेन्ट युवा क्लबद्धारा संचालित दिपिएल टुनामेन्ट शनिबार समापन भएको छ ।

मधेश प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले दोलाठी टुनामेन्ट युवा क्लबलाई एक लाख बराबरको सामान हस्तान्तरण गरेका छन ।

महोत्तरी जिल्लाको रामगोपालपुर् नगरपालिका वडा नम्बर ३ दोलाठीमा होलिको अवसरमा सुरु भएको टुनामेन्ट  आज शनिवार सम्पन्न भएको हो ।

पुर्व राज्यमन्त्री  कुशवाहाले भने महोत्तरी क्षेत्र नम्बर ४ ख का १९ औ  वडामा एक एक लाखका खेलकुद सामग्री  उपलब्ध गराउने बताएका छन।

बिशिस्ट अतिथि रामगोपालपुरका नगर प्रमुख अशोक कुमार मण्डल अतिथिहरुमा   जसपा जिल्ला कार्यकारीणी सदस्य रविन्द्र कुमार सिंह, जसपा पार्टी महोत्तरी  जिल्ला सदस्य सुरेश यादव, अशोक यादव, नेकपा एमालेका नेता रामदुलार साह, नेकपा माओवादी केन्द्रका नेता रासविहारी लगायतको उपस्थीती रहेको थियाे।

कार्यक्रममा पुर्व मन्त्री कुशवाहाले कार्यक्रममा  घोषणा गर्नु भयो की क्लबलाई छिटो भन्दा छिटो खेल सामग्री उपलब्ध गराउछु ।