जनकपुरधाम : भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख ५ लाख रुपैयाँ घुस सहित अख्तियारको फन्दामा परेका छन् ।

मालपोत प्रमुख सुनिल झालाई सेवाग्राहीबाट लिएको पाँच लाख घुस रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले उनलाई आज बिहान जनकपुरको भानुचोकबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

प्रमुख झा माथि अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

मुचुल्कासहितको कागजात तयार गरिरहेको जनाएको छ ।