जनकपुरधाम : बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ।

२२ वर्षीया भाई बुहारीलाई करणी गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको होर चैत १२ गते बेलुकी बुहारीको कोठा भित्र प्रवेश गरी हात र मुख च्यापी जवरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

२२ वर्षीया भाइ बुहारीलाई करणी गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिइ आइतबार मुद्दा दर्ता गराएको हो । गोपनीयताका कारण जेठाजु र बुहारी दुवै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपीको खोजी गर्दा देउरा बजारमा घुमफिर गरिरहेको अवस्थामा केदारस्युँ गाउँपालिका – १ देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए।

पीडितको १३ गते नै स्वास्थ परीक्षण गरी युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएकाे र आरोपीविरुद्ध मुद्धा चलाएको प्रहरीले जनाएकाे छ।

दुई श्रीमतीले परिवार र प्रहरीलाई साक्षी राखेर श्रीमानलाई यसरी बाँडे

नेपालको कानुनमा एक पटक विवाह गरिसकेपछि सो पति वा पत्नीसंग डिभोर्स नगरी अर्को विवाह गर्न पाइदैन । एउटा श्रीमती हुँदा हुँदै अर्को विवाह गरेमा त्यसलाई गैर कानुनी मानिन्छ । तर पनि हाम्रो समाजमा केही यस्ता परिवार छन् जसका दुई श्रीमती छन् । यसरी दुई विवाह गरेका श्रीमानलाई श्रीमतीहरुले भागवण्डा गरेको घटना सार्वजनिक भएको छ ।

पारिवारिक विवाद वा अंशबण्डामा जग्गा जमिन, घर तथा अन्य धन सम्पत्तिको भागबण्डा हुनु त सामान्य हो । तर छिमेकी मुलुक भारतमा भने दुईजना पत्नीहरू बीच एक लोग्नेको भागबण्डा भएको छ । बिहारको पूर्णिया जिल्लामा पर्ने एक गाउँमा दुईजना पत्नीहरूले आपसी सहमतिमा एक पतिलाई आपसमा भागबण्डा गरेका हुन्।

भारतीय पत्रिका दैनिक जागरणको रिपोर्ट अनुसार पूर्णिया प्रहरी परामर्श केन्द्रमा एकजना पुरुषको आफ्ना दुई पत्नीबीचमा भागबण्डा गर्ने सहमति भएको हो । उक्त भागबण्डाको सहमति अनुसार अब ती पुरुष महिनाको १५ दिन एकजना पत्नीसँग र अर्को १५ दिन अर्की पत्नीसँग बस्नेछन् ।

प्रहरी परिवार परामर्श केन्द्रको निर्देशनमा तिनजना पतिपत्नीबीच यस्तो समझदारी भएको छ ।समाचार अनुसार स्थानीय गोडियारी गाउँमा बस्ने एकजना महिला आफ्नो लोग्नेविरुद्ध उजुरु लिएर पुलिस चौकी पुगेकी थिइन्। आफ्नो लोग्ने पहिले नै विवाहित रहेको र आफूलाई अविवाहित रहेको भनी ढाँटेर बिहे गरेको उनको गुनासो थियो । बिहे गरेपछि पतिले आफूलाई सँगै राख्न नचाहेको र पहिलो श्रीमतीसँगै बस्ने गरेको भन्दै उनले प्रहरीसमक्ष न्यायको लागि गुहार मागिन् ।

त्यसपछि प्रहरीले ती महिलाको लोग्ने तथा अर्की पत्नीलाई पनि चौकीमा बोलायो । दुवै पत्नीको कुरा सुनिसकेपछि प्रहरी असमन्जसमा पर्यो । र अन्ततः लोग्नेचाहिं दुवै पत्नीसँग बस्नुपर्ने र दुईजनाकै भरणपोषण गर्नुपर्ने निर्णय गर्‍यो ।

साथै उनले दुई पत्नीलाई अलग अलग घरमा राख्नुपर्ने र महिनाको १५ दिन पहिलो पत्नीसँग तथा अर्को १५ दिन दोस्रो पत्नीसँग बस्नुपर्ने निर्णय पनि प्रहरीले गरेको छ । प्रहरी परिवार परामर्श केन्द्रको उक्त निर्णयप्रति दुवै पत्नी र पतिले सहमति जनाए र कानुनी कागज पनि गरियो ।