मधेशटप डेस्क,

जनकपुरधाम : आउदो  बैशाख ३० गत्ते हुन लागेको स्थानिय तहको निर्वाचनमा उमेदवारी दिने सम्बन्धी चर्चाको बिषय बनेको छ ।

धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ का सम्भावित वडा अध्यक्षमा विश्वराज सिंह आगामी निर्वाचनमा वडा अध्यक्ष  लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

सामाजिक संजाल मार्फत लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ का सिंह एक चर्चित उम्मेदवारको नाम निकै नै चर्चामा रहेको छ ।

बिहीबार निर्वाचनका लागि वडा अध्यक्ष सिंहले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

उनले भने, ‘लक्ष्मीनियाँ गाउँपालिका  समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक छ।’

सिंहले आम लक्ष्मीनियाँ गाउँपालिकाको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे ।

नेकपा एकीकृत समाजवादी  पार्टी नेपाल(माधब गुट) लक्ष्मीनियाँ  सदस्य हुन् । उनले आफूले आफ्नो पद जनताका लागि सदुपयोग गर्नुको साथै राजनीतिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउने समेत बताए ।