मधेशटप, बैशाख ३ गते ।

जनकपुरधाम ।  धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)  लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दिनेश यादव, सम्भु साह,अजय  यादवकाे पक्षमा बिशाल जनलहर ओर्लिएको छ ।

लक्ष्मीनिया गाउँपालिकाका वडा नं ६ बगेवागाउँ  र वडा न.७ को कुम्हाराैडा भगवतीपुरमा शनिवार  भएको  घरदैलो कार्यक्रममा ओर्लिएको हो भने सो अवसरमा अध्यक्ष पदका  उम्मेदवार दिनेश यादव, सम्भु साह, अजय यादवले जनता तथा वडावासीहरुसंग भेटघाट गर्दै गाउँपालिकाे बिकाश बारे आफनो योजना बताएका थिए ।

नेता, कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गरे संगै लक्ष्मीनियाँ  गाउँपालिकामा नेकपा एमाले मजबुत भएको र यसपालि एमालेको जित सुनिश्चित भएको स्थानियले बताएका छन ।

स्थानियहरुकाे अनुसार अजय यादव निरन्तर समाज सेवा गर्दै आएको र अरु उम्मेदवार भन्दा कर्मठ,ईमन्दार र योग्य भएकोले यसपालि  राम्रो अध्यक्ष  जिताउने स्थानिय बताउछन ।

घरदैलो कार्यक्रममा नेताहरुले भोट के मा र ? सुर्य छापमा दिनेश यादव, सम्भु साह र  जय यादवलाई जिन्दावाद, नेकपा एमाले जिन्दावाद जस्ता नारा लगाएका थिए ।

नेपाल  एमाले लक्षमिनिया गाउँपालिका अध्यक्ष पदका आकांक्षी तिनै जनाको नेतृत्वमा निस्केको घरदैलो वडाको हरेको टोलमा पुगेको थियो ।

सो घरदैलो कार्यक्रमको  अवसरमा एमालेका नेताहरु जिल्ला उपाध्यक्ष भोला यादव, लालजी साह लगायतको उपस्तिती रहेको थियो ।