जनकपुरधाम, बैशाख ४ । केही महिना सम्म धनुषाको नगराइन नपामा कमजोर संगठन रहेको जनता समाजवादी पार्टी नेपाल पछिल्लो समयमा लहर बढदै गएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेको गढको रुपमा रहेको नगराइन नपामा पछिल्लो समयमा जनता समाजवादी पार्टीले खुट्टा जमाउन थालेको हो ।

आइतवार मात्रै नगराइन नपाको वडा नं. ५मा विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । आइतवार गंगुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस)को नगरसचिवकै नेतृत्वमा २ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरे ।

नगरकमिटी अध्यक्ष चुडामणी ठाकुरको अध्यक्षता एवं क्षेत्र नं. ३का प्रभावशाली युवा नेता जीतेन्द्र कुमार यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा उनिहरुलाई पार्टीमा स्वागत गरिएको छ।

नवप्रवेशीहरुमा नेकपा एसको नगर सचिव शिवचन्द्र झा, नेकपा एकै वडा नं. ५का वडा सचिव साधना झा, लोसपा नेतृ संगीता देवी झा सहितका थिए ।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य वेचन मुखिया, धिरेन्द्र झा, क्षेत्रीय अध्यक्ष युगलकिशोर यादव, महेश मण्डल सहितको उपस्थिति रहेको थियो ।

क्षेत्र नं. ३ को विभिन्न पालिकामा निरन्तर जसपा प्रवेश गर्नेहरुको संख्या बढदै गएको छ ।