वीरगञ्ज : प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको चैत महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। चैत महिनामा भन्सार विभागले लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो।

चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले १६ अर्ब ४३ करोड ३५ लाख एक हजार राजश्व संकलन गरेको छ। यस महिनामा भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १७ अर्ब ७७ करोड ६ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो।

यस आँकडाअनुसार वीरगञ्ज भन्सार कार्यालय तोकिएको लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो।

चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले मूल्य अभिवृद्धि करबाट ७ अर्ब २५ करोड ६८ लाख ८० हजार,भन्सार महसुल आयातबाट पाँच अर्ब ८४ करोड ७२ लाख ६६ हजार,अन्तःशुल्कबाट एक अर्ब १० करोड ९९ लाख ७८ हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष २०७७र७८ मा यहि महिनामा भने वीरगञ्जभन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्यभन्दा ३१ प्रतिशत बढी राजश्व संकलन गरेको थियो।