उमेश कुमार साह , बैशाख ५ सोमबार 

राजविराज

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ३ मधुवन गाउँबाट मोटरसाईकल चोरी भएको छ ।

मोटरसाइकल घर बाटै रातिको समयमा सोही ठाउँ बस्ने वचन साहको नाउँमा रहेको स ९ प २४२० नम्बरको बजाज डिसकोभर मोटरसाइकल बैशाख ३ गतेका दिन चोरी भएको हो ।

पीडित साहले ईलाका प्रहरी कार्यालय बोदे बर्साईनमा मोटरसाइकल चोरी घटनाको निवेदन दिएका छन् ।

स्थानीय जसपा नेता भुवनेश्वर यादवले भने स्थानीय तह चुनाव नजिक आईसकेको अवस्था सुरक्षा ब्यवस्था चुस्त बनाउन जिउ धनको रक्षा गर्न रातिको समयमा प्रहरीलाई गस्ती बढाउन साथै मदिरा पसल समयमा बन्द हनु पर्ने धारणा राखे । यता मोटरसाइकल चोरी भएको जानकारी पाउन साथ खोजतलास सुरू गरेको प्रहरीले जनाएको छ ।