जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१६ का तुलसी पञ्जियार सहित सयौं युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपाका जनकपुरधाम नगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षता तथा नगर प्रमुख लाल किशोर साहको प्रमुख आतिथ्यमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा पञ्जियार सहित सयौं युवाहरु जसपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले जनकपुरधामका युवाहरु उर्जावान रहेको र यिनीहरुकै उर्जाका कारण पटक पटक भएको आन्दोलनहरु सफल भएको बताएका थिए ।

उनले युवाहरुलाई शक्ति संचित गरी सकारात्मक कार्यमा लगानी गर्नका लागि आग्रह गर्दे उनले उर्जालाई नकारात्मक र सकारात्मक दुई दिशामा डोर्याउन सकिन्छ त्यो उनीहरुकै हातमा रहेको बताए ।

सकारात्मक उर्जाले सकारात्मक शक्ति उत्पन्न गर्छ र नकारात्मकले नकारात्मक शक्ति उत्पन्न गर्ने गरेका कारण सकारत्मकतामाथि जोड दिएका थिए ।

युवालाई भविष्यको कर्णाधार भनेर भनिए पनि त्यो नेताहरुको भाषणमै सीमित हुने गरेका भए पनि आफूले युवाहरुलाई उत्साहित गर्नका लागि विभिन्न खेलकुद तथा कार्यक्रमहरु सम्पन्न गरेको बताए ।

उनले जनकपुरधाम उप– महानगरपालिका भन्दा बढी कुनै पालिकाले युवा लक्षित कार्यक्रम ल्याउन नसकेको दावी समेत गरेका थिए ।