मधेशटप,, बैशाख ६ गते
जनकपुरधाम। महोत्तरी निर्वाचन क्षेत्र नं. ४ ख मा केही महिना यता विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको छ ।
आज मात्रै लोसपा बाट निर्वाचित मनारासिस्वा नगरपालिका वडा नंं. ४ जाउख का निर्वाचित वडा सदस्य महेन्द्र महतोको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
मनरासिस्वा नागरपालिका वडा नं. ४ जाउखमा भएको पार्टी प्रवेश कार्यक्रममा जसपाका पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादव र पुर्ब आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाको हाथबाट टिका लगाइ जसपा प्रवेश गरेका हुन ।
उक्त पार्टी प्रवेश कार्यक्रममा संघिय परिषद सदस्य दिपक झा , जिल्ला सदस्य रबिन्द्र कुमार सिंह,कैलास यादव,मुदिन कवाडी, क्षेत्रीय अध्यक्ष गगन देब,राजकान्त झा,सुशील यादब लगायतका उपस्तिथि रहेक थियो ।
Discussion about this post