काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।

 

आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको केही स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।