सप्तरी ,७ बैशाख : उमेश कुमार साह

सप्तरीको बोदे बर्साईन नगरपालिकाको मेयरमा जनमत पार्टीले थनेश्वर प्रसाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले बोदे बर्साईन नगरपालिकाको मेयर पदमा साह लाई बनाउने निर्णय भएको बुझिएको छ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर १० अमरैया घर भएको मेयर पदका उम्मेदवार साह जनमत पार्टीका जिल्ला सचीव हुन् ।
साह विद्यार्थी कालदेखिनै राजनीतिमा सक्रिय भएर काम गरिरहेको स्थानीयहरु बताउँछ ।

जनमत पार्टीले बोदे बर्साईन नगरपालिकाबाट साहलाई नै प्राथमिकताका साथ उमेदवार बनाउने गरेको छ।अरु पार्टीमा युवाहरुलाई वडा अध्यक्षको टिकट पनि पाउँन गाह्रो रहेको देखिन्छ ।

तर जनमत पार्टीमा शिक्षित ,समाज परिवर्तन गर्ने खालका युवाहरुलाई उमेदवार बनाइरहेको यो सकारात्मक पक्ष रहेको स्थानीयबासीहरुले बताउछ।