काठमाडौँ : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई २ पिपलभन्ज्याङमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोज लामाका अनुसार बोलेरोको ठक्करले एक जनाको मृत्यु भएपछि बुधबार दिउँसो स्थानीयले सडक अवरूद्ध गरेको सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको

मंगलबार राति प्रदेश ३(०१(०२४ च १४१९ नम्बरको बोलेरोले स्थानीय ३९ वर्षीय विजय मोक्तानलाई ठक्कर दिएको थियो। ठक्रबाट गम्भीर घाइते भएका मोक्तानको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

त्यसक्रममा प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर पनि गरेको छ।

स्थानीयको आक्रमणबाट गम्भीर घाइते भएका तीन जना प्रहरीलाई उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। बाँकी घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।