जनकपुरधाम। आउँदो २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनुषाको जनकपुरधाम उपमहानगर पालिकाको  मेयर पदमा जनता समाजवादी पार्टी नेपाल  (जसपा) बाट लाल किशोर साह एकल उम्मीदवार रहेकोले साहलाई  टिकट पाउने विजय भगतले दाबी गर्नुभएको छ ।

धनुषाको जनकपुरधाममा  विहीबार मधेश प्रदेश सदस्य विजय भगत ले मधेशटपसंग कुरा गर्दै लाई पार्टीले आउँदो बैशाख १० गतेका दिन जनकपुरधाम उपमहानगरपालिकाको  मेयरको टिकट पार्टीबाट सर्वसम्मतीले साहलाई चयन गरिएको  भगतले बताए ।

भगतले भने  अहिले विभिन्न सामाजिक सञ्जालमा अर्कै अर्कै साथीहरु आफू जनकपुरधाम उपमहानगरपालिकाको  तर्फबाट मेयरको उम्मेदवार रहेको भनिहिड्दै गरेको, विभिन्न अडियो तथा भिडियोहरु सेयर गर्दै गरेको कुराहरु  कल्पना मात्रै रहेको, पार्टीले अहिलेसम्म कसैलाई पनि आधिकारिक रुपमा उम्मेदवार नबनाइसकेको भगतले बताउनुभयो ।

साथै भगतले भने मेयर साह सधैं जनताको सुख दुःखमा साथ दिने गरेको र आजसम्म जनताको सेवा गर्दै आएकोले  जसपा नेपाल बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरको टिकट साहलाई  नै  जनताले जिताउने  विश्वास पनि व्यक्त गर्नुभयो ।