जनकपुरधाम, ९ बैशाख । जनता समाजवादी पार्टी नेपालले महोत्तरीको मनरासिस्वा नगरपालिकाको मेयरमा महेन्द्र राय यादव र उपमेयरको  नाम सिफारिस गरेको छ ।

नगरकमिटीले नगरप्रमुखमा यादव र उपप्रमुखमा सिंहलाई  पार्टीको तर्फबाट जसपाको उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

बिहीबार बसेको जसपा नेपालको मनरासिस्वा नगरपालिकाको बैठकबाट आउदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मनरासिस्वा नगरपालिकामा पार्टीको तर्फबाट यादवलाई मेयर र उपमेयर निर्मला देवी सिंह पदको लागि उम्मेदवार बनाउने सर्वसहमति निर्णय गरिएको छ ।

नगर कमिटीको बैठकले यादवलाई नगरप्रमुखको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको जसपाको जिल्ला  सदस्य संजय सिंहले  जानकारी दिए ।

प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारी सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको उनले जानकारी दिए ।