मधेशटप, बैशाख १० गते ।

जनकपुरधाम :  चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा १४ करोड मूल्यको कण्डम आयात भएको छ ।

भन्सार विभागले २०७८ साउनदेखि चैतसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त अवधिमा १३ करोड ९८ लाख ६७ हजार मूल्य बराबरको एक करोड ४० लाख ६४ हजार दुई सय ८७ वटा कण्डम नेपाल भित्रिएको जनाएको हो ।

अझै पनि कण्डमका बारेमा खुलेर कुरा गर्न मानिसहरू हिचकिचाउँछन् तर यसको प्रयोग भने व्यापक रूपमा भइरहेको आयात भएको तथ्याङ्कले पुष्टि गर्छ । कण्डमको नाम सुन्ने बित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ ।

सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कण्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिचकिचाउने प्रवृत्ति रहेको पाइन्छ ।