उमेश कुमार साह,

 

सप्तरी। सप्तरीको खडक नगरपालिकामा लोकतान्त्रीक समाजवादी पार्टी लोसपाले नगर प्रमुख पदमा ननु चौधरी कलवार र उपप्रमुखमा पिंकी कुमारी साहलाई उम्मेदवार बनाउने निणर्य पार्टीले लिएको छ ।

लोसपा पार्टीबाट चुनाव लडन लागेका ननु उक्त पालिकामा निकै समाजसेवी ,लोकप्रिय नेताको रुपमा छवि बनाएका ब्यत्ति हुन् ।

वडा अध्यक्ष पदमा १ देखि ११ सम्म्मा क्रमशः राज कुमार साह, शिवु मण्डल,प्रेम कुमार चौधरी,आदम मियाँ,रघुनन्दन चौधरी,उमेश पासवान,उसमान मियाँ,राकेश कुमार साह,विजुली खंग खत्वे,शुशिल कुमार चौधरी,मो.इसराईल लाई पार्टीले उम्मेदवार बनाएको छ ।

लोसपा नेता शिवु मण्डलका अनुसार पार्टीको नगर कार्यसमीतिको बैठकले १ देखि ११ वटै वडाको वडा सदस्यको नाम पनि टुंगो लगाएको बताए ।