जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लाग जनता समाजवादी पार्टीबाट फेरि लालकिशोर साहलाई टिकट दिएको छ ।

उनलाई पुनः मेयर पदमा चुनाव लड्न जसपाले टिकट दिएको हो ।

यसअघि २०७४ मा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए ।

पछि राजपा र संघीय समाजवादी पार्टी बीच एकता भएर जसपा बन्दा उनी महन्थ ठाकुर र राजेन्द्र महतोलाइ परिवर्तन गरेर उपेन्द्रमा गए ।

पार्टी विभाजन हुँदा समेत मेयर साह पुनः मेयर पदको टिकटका लागि जसपामै कायम बसे ।

 

जनकपुरमा गठबन्धनबाट जसपाका भागमा नगर प्रमुख परेको छ ।

गठबन्धन दलका नेताकार्यकर्ताले लालकिशोर साहको बिकल्पका अनुहार जसपाले मेयरमा ल्याउनु पर्ने भन्दै आएका छन् ।