काठमाडौँ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले हरेक टोलरगाउँमा इन्टरनेट सुविधा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

आइतबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको हो।

‘सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्याउने, सबै सार्वजनिक स्थानमा निःशुल्क वाइफाईको व्यवस्था गर्ने’, घोषणापत्रमा भनिएको छ।

त्यस्तै सरकारी कार्यालयहरुमा प्रविधिको उच्च प्रयोग गराउने पनि कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ।