उमेश कुमार साह,

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिकाको मेयर पदमा थनेश्वर प्रसाद साह र उपमेयर पदमामा मिनु देबी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

बोदे बर्साईन नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साहले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।