उमेश कुमार साह : १३ बैशाख मंगलबार
सप्तरी – बोदे बर्साईन नगरपालिकाकाे मेयरमा नेकपा एमालेबाट अनोज कुमार यादवको उम्मेदवारी दर्ता भएको छ ।

बोदे बर्साईनको शत्रुधन चौकबाट नेता, कार्यकर्तासहितकाे जुलुसकाे नेतृत्व गर्दै अनोज कुमार यादव उम्मेदवारी दर्ता गराउन बोदे बर्साईन नगरपालिका स्थित निर्वाचन कार्यालयमा पुग्नुभएको थियो ।
त्यसैगरि बोदे बर्साईन नगरपालिकाकाे उपमेयरमा नेकपा एमाले पार्टीका तर्फबाट कविता कुमारी साहले उम्मेदवारी दर्ता गराउनु भएका छिन । यादव र साह दुवै जना पार्टीको संयुक्त जुलुससहित निर्वाचन कार्यालय जानु भएको थियो ।