महेश सिंह,

सिरहा ।  जसपा पार्टीमा पार्टी भित्रै उमेदवारहरु टिकटको लागी अन्तर घात र खिचातानीले गर्दा जसपा पार्टीको राजनिती मधेसमा सखाप हुने उतक्र्समा भएका छन।

उपेन्द्र यादव नेतृत्वको पार्टी जसपा नेपालमा एउटै गाउँपालिका र नगरपालिकामा एउटै पदका लागी दुई जनाको टिकट दिए पछी नेता र कार्यकर्ता बीच अन्तर बिरोध पलाउदै गएका हुन्।

उदाहरणका लागी सखुवानन्कारकट्टी गाउँपालिकामा अध्यक्ष पदका लागि दिपेश यादव र परियाग लाल यादव र लहानमा गठ बन्द्धन अन्तर्गत उपमेयर पदका लागी राम चलितर महतो र चन्द्र नारायण महतो,करर्जन्हा नगरपालिका लगायतका पालिकाहरुमा टिकटको बिवाद उग्ररूप लिएका छन्।

पार्टी भित्रै बागी उमेदवारहरु खडा गरेकोले तराई मधेसमा जसपा पार्टी धरासाही भएका छन्।

जसपा पार्टीले पक्ष पातका कारण मधेसमा टिकटको विषय ठुलो मुद्दा बनेको छन्। अहिले यो निकै चर्चाको विषय बनेको छ्।