जनकपुरधाम।जनकपुरधाम नेकपा एमालेले जनकपुरधाम उपमहानगर पालिकाको मेयर पदका उम्मेद्वार शिव शंकर साह ‘हीरा’ले  विकासको धेरै कामहरु गरेको दावि गर्नु भएको छ ।

जनकपुरधाममा आयोजना गरिएको वडा नम्बर ११ को वडा कमिटी कार्यालयको उदघाटन तथा निर्वाचन कार्यक्रममा बोल्दै हीराले आफनो पार्टी जहिलेपनि श्रमजिविको पक्षमा रहेको बताउदै नियोजित रुपमा मधेस विरोधी भनेपनि आफनो पार्टी मधेसको विकासको पक्षधर रहेको बताउनुभयो ।

हीराले मधेसको रेल्वे देखि हुलाकी सडकको विकास र विस्तारमा आफनो पार्टीकै नेतृत्वमा सरकार बनेको कारणले मात्रै सम्भव भएको बताउनुभयो ।

उहाले स्थानिय तहमा आफनो पार्टी निर्वाचित भएको खण्डमा विपन्न वर्गको घरमा शौचालय र धारा लगाउने योजना ल्याउने बताउनुभयो ।

उहाले ढल्केवर देखि जनकपुर सम्मको सडकको अवस्था दुरावस्थामा रहेको र आफनो पार्टीको नेृत्वमा सरकार बनेपछि त्यसलाई विकास गरेको बताउदै विकास विरोधहरु नै अहिले एमालेको विषयमा भ्रमात्मक प्रचार गरिरहेको बताउनुभयो ।

उनले आउने दिनमा विकासको गतिलाई अझ बनाउनको लागि नै एमालेलाई मतदान गर्न आग्रह गर्नुभयो ।

साहले भने  वर्तमान सरकार जनताको जनादेसबाट नआएर अदालतको परमादेशबाट आएको सरकार रहेको बताउदै यस सरकार विकासमा खासै काम नगरेको र विकास चाहिनेहरु जनताको मतदानबाट हटाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार शिवशंकर साह हिरा,उपमेयर पदको उम्मेदवार रुना झा,वडा नं.११ मा वडा कमिटी कार्यलय उद्धघाटनमा  आ आफनो धारणा राखेका थिए ।