उनी सामाजिक सञ्जालमा पनि निस्क्रिय भएकी थिइन् । दुई महिनासम्म सामाजिक सञ्जालमा निस्क्रिय रहेकी समीक्षाले बिहीबार एक पोस्ट राख्दै पुनः आगमन गरेकी छिन् । उनले सामाजिक सञ्जालमा प्रेमिल र भावुक स्टेटस राखेकी छन् ।

उनले लेखेकी छिन्, ‘तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु । तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु । तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म । त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु ।’ गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ । साथै, जिन्स आउटरसहितको ताजा तस्वीर पनि उनले सेयर गरेकी छन् । उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।