राजविराज : बन्दुक देखाएर सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार राति सुनको गरगहना लुटपाट भएको छ ।

वडा नम्बर-७ स्थित मिथिलेश मिश्रको घरमा राति २स्३० बजे ६ जनाको समूहमा आएको नकावधारी समूहले ६ लाख बराबरको गरगहना लुटेर लगेका छन् ।

 

घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डाकाहरुले खुकुरी, बन्दुक देखाएर सुन चाँदीको गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

‘मास्क तथा कपडाले मुख छोपी खुकुरी र बन्दुक जस्तै देखिने हतियार देखाएर ६र७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको छ’ सिंहले भने ।

डकैतीबारे प्रहरीले अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।