जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट पाउने सम्भावना नदेखेपछि एमाले प्रवेश गरेपनि त्यहाँसमेत टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहलाई निर्वाचन चिन्ह लालटिन दिइएको छ।

जानकीरामले समेत चुनाव चिन्ह पाइसकेकाले अब घरदैलो कार्यक्रमलाई तिव्रता दिने बताए।
यस्तै निर्माण व्यवसायी बलराम महतोले निर्वाचन चिन्ह आँप पाएका छन्। उनले आफूले चुनाव चिन्ह आँप रोजेको र अब निर्वाचन प्रचार–प्रसारमा लाग्ने बताए।

नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका मनोज साहले चुनाव चिन्ह घण्टाघर पाएका छन्।

सत्ता गठबन्धनमा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेपछि कांग्रेसका नगर सभापतिसमेत रहेका साहले पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।